Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गरौँ : प्रधानमन्त्री प्रचण्ड

    क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गरौँ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 363
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने सहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका स्रोत रहेको बताएका छन् ।

    सहिद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले आजको दिन महान् सहिदहरूको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति सहिदहरूले देखेका सपना र गर्नुभएको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्न आग्रह गरे ।



    उनले सहिदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको बताए ।

    लैनचौरको सहिद स्मृति पार्कमा आयोजित कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोललगायतको उपस्थिति थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार