Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका इन्स्पेक्टरलाई सेवाबाट बर्खास्त गर्ने तयारी, सम्पर्कमा आउन ७ दिनको म्याद !

काठमाडौं । लामो समयदेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका एकजना निरीक्षक (इन्स्पेक्टर) लाई ७ दिनभित्र सम्पर्कमा आउन भनिएको छ ।

गृह मन्त्रालयले मंगलबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै सशस्त्र प्रहरी बलका निरीक्षक सुशान्त थापालाई सम्पर्कमा आउन भनेको हो । इन्सपेक्टर थापा गत मंसिर २१ गतेदेखि सम्पर्कविहीन रहेका छन् ।

अबको ७ दिनभित्र सम्पर्कमा नआए उनलाई सेवाबाट बर्खास्त गरिने मन्त्रालयले जनाएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले भने उनलाई सेवाबाट बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077