Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाथरुममा प्रयोग गरिएको ग्यास गिजरका कारण निसास्सिएर युवकको मृत्यु

हेटौँडा । हेटौँडा–९, लामसुरेमा बाथरुममा प्रयोग गरिएको ग्यास गिजरका कारण निसास्सिएर सोमबार दिउँसो एक युवकको मृत्यु भएको छ ।

शौचालयमा शौच गर्न गएका २५ वर्षीय युनेश काफ्लेको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाथरुम छिरेका युनेश निकैबेरसम्म बाहिर ननिस्केपछि परिवारका सदस्यले बाहिरबाट बोलाएका थिए ।

बोलाउँदासमेत नबोलेपछि ढोका फोडी बेहोस अवस्थामा काफ्लेको उद्धार गरिएको थियो । उनलाई तत्काल उपचारका लागि मकवानपुर सहकारी अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बाथरुममा अक्सिजनको कमी भएर काफ्लेको मृत्यु भएको हुनसक्ने चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077