काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी १९९ सदस्यीय हुने भएको छ ।
केन्द्रीय परिषद्को बैठकले विधानमा केन्द्रीय सदस्यको संख्या १९९ बनाउने निर्णय गरेको हो ।
बैठकले केन्द्रीय पदाधिकारीको संख्या १९ रहने निर्णय गरेको छ । प्रदेश कमिटीमा ७५–९९ सदस्य रहने छन् ।
प्रदेश कमिटीमा एकजना अध्यक्ष, दुईजान उपाध्यक्ष, एकजना सचिव र तीनजना उपसचिव रहने छन् ।
यस्तै आइतबारदेखि सुरु भएको परिषद् बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन समेत पारित समेत गरेको छ ।
यस्ता छन् बैठकका निर्णयहरु :
