काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले पार्टी नेताहरुको उमेर हद नराख्ने निर्णय गरेको छ ।
सोमवार सम्पन्न पार्टीको दोस्रो केन्द्रिय परिषद् बैठकका निर्णय सुनाउँदै पार्टी उपाध्यक्ष डा. वेदुराम भुसालले यस्तो बताएका हुन् ।
यस्तै नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी १९९ सदस्यीय हुने भएको छ । केन्द्रीय परिषद्को बैठकले विधानमा केन्द्रीय सदस्यको संख्या १९९ बनाउने निर्णय गरेको हो ।
बैठकले केन्द्रीय पदाधिकारीको संख्या १९ रहने निर्णय गरेको छ । प्रदेश कमिटीमा ७५–९९ सदस्य रहने छन् । प्रदेश कमिटीमा एकजना अध्यक्ष, दुईजान उपाध्यक्ष, एकजना सचिव र तीनजना उपसचिव रहने छन् ।
केन्द्रिय कमिटी भित्रको संरचना केन्द्रिय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी रहनेछ ।