Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूत पाथिरानाबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि श्रीलंकाली राजदूत सुदर्शन पाथिरानाले शिष्टाचार भेट गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा राजदूत पाथिरानाले उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेका हुन् ।

उक्त भेटमा शुभकामना आदान–प्रदानपछि नेपाल र श्रीलंकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको थियो ।

भेटका अवसरमा उपराष्ट्रपति यादवले हालै सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकबाट दुई मुलुकबीच सम्बन्ध विस्तार गर्न सहयोग पुगेको बताए ।

उपराष्ट्रपति यादवले नेपाल–श्रीलंका सम्बन्ध मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रहेको बताउँदै सन् १९५७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नै दुई देशबीचको सम्बन्ध निरन्तर विस्तार हुँदै आएको उल्लेख गरे ।

उनले काठमाडौं–कोलम्बो सिधा उडानले श्रीलंकाली तीर्थ यात्रीहरुलाई बुद्धको जन्म स्थल लुम्बिनी भ्रमण गर्न सहज भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077