Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१० अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से, ४ अर्ब ५६ करोडको कारोबार

काठमाडौं । सेयर कारोबार साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।  नेप्से १०.२६ अंकले बढेर २१०४.७२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.२२ प्रतिशतले बढ्यो।

नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ। यसदिन ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँमा खरिदबिक्री भए।

युनियन हाइड्रोपावर,अरुण भ्याली हाइड्रोपावर र मिड सोल हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

६० करोड रुपैयाँ बराबरको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। ​​​​​​​यसैगरी नगदी ग्रुपको २३ करोड,हाथवेको १२ करोड,एनआरएन ११ करोड र नेपाल रिइन्स्योरेन्स ९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

तीन उपसमूहबाहेक अन्य उपसमूहको सूचक सकारात्मक देखिएका छन्। ​​​​​​​बैंकिङ,माइक्रोफाइनान्स र नन लाइफ इन्स्योरेन्सको सूचक घटेको हो। यसदिन १५० कम्पनीको मूल्य बढ्दा ८६ वटाको घट्यो भने ११ को मूल्य स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077