Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • अमेरिकी पिआर लिएकी समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिकाले दिइन् राजीनामा

    अमेरिकी पिआर लिएकी समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिकाले दिइन् राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । अमेरिकी पिआर (स्थायी बसोबास अनुमति) लिएकी समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले पदबाट राजीनामा दिएकी छन्।

    पिआर लिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग र मन्त्रालयमा उजुरी परेपछि अधिकारीले उपाध्यक्ष पदबाट राजीनामा दिएकी हुन् ।



    मोनिका अमेरिकाको पिआर हुँदाहुँदै समाज कल्याण परिषद्की उपाध्यक्षमा नियुक्ति भएकी थिइन्।



    पिआर भएको व्यक्ति कुनै पनि सार्वजनिक पदमा बस्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै उनको नियुक्ति भएको थियो।

    मोनिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिककी पूर्वमन्त्री उमा रेग्मीकी बुहारी समेत हुन्।

    मोनिकाकी सासु अर्थात् पूर्वमन्त्री उमाले उनलाई नियुक्ति गरेकी थिइन्। मोनिका उपाध्यक्ष नियुक्त हुनुभन्दा अघिदेखि नै पिआर लिएको उजुरी परेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार