Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अदालतबाट हत्कडीसहित भागेका खड्कालाई सघाउने तीन जनाविरुद्ध मुद्दा

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट फरार भएका ठगी मुद्दाका थुनुवा कमल खड्काको हत्कडी खोल्ने ३ जनाविरुद्ध मुद्दा चलाइएको छ।

अदालतबाट पुस १८ गते हत्कडीसहित भागेका ठगी मुद्दाका थुनुवा कमल खड्कालाई भाग्न र लुक्न सहयोग गरेको आरोपमा प्रहरीले मोहन तामाङ, रोनिष तामाङ र पारस तामाङलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकामध्ये मोहन, रोनिष र पारसले खड्काको हत्कडी खोल्न र लुकाउन सहयोग गरेका थिए । थुनछेक बहसका लागि अदालत उपस्थित गराइएका थुनुवा खड्का प्रहरीलाई छक्याएर अफलाइन पठाओ चढेर हत्कडीसहित फरार भएका थिए।

यसपछि प्रहरीले उनलाई भाग्न सहयोग गर्ने अरु तीन जनालाई पनि नियन्त्रणमा लिएको थियो । प्रहरीले यो विषयमा अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

सरकारी वकिलले अदालतमा समेत मुद्दा दायर गरेको छ । मुलुकी अपराध संहिता अनुसार, थुनुवा भगाएको कसुरमा दुई वर्षसम्म कैद वा पाँच सय रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । भाग्ने खड्कालाई पनि सरकारी वकिलले यो मुद्दामा प्रतिवादी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077