Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्छ

    प्रधानमन्त्री प्रचण्डले भने – नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्चशिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका छन्।

    कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ। यो हाम्रो आकांक्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो।’



    उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट समेत विद्यार्थीहरू आउन थालेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताए।

    आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार