Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • औषधि उत्पादनमा लाग्नुस्, सरकारले सघाउँछ : प्रधानमन्त्री प्रचण्ड

    औषधि उत्पादनमा लाग्नुस्, सरकारले सघाउँछ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 2.9K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्न निर्देशन दिएका छन्।

    प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानलाई औषधि उत्पादनका लागि गृहकार्य गर्न निर्देशन दिएका हुन् ।



    उनले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,‘कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ। तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ।’

    प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गरे।

    चिकित्सक, प्राविधिकहरू र कर्मचारीहरूको वृत्ति विकास र सेवा सुविधाबारे राखिएका चासो र मागबारे आफू जानकार रहेको उनको भनाई छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार