काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद्को बैठक आज पनि बस्दै छ ।
आइतबारबाट सुरु भएको बैठक आज पनि बस्ने र आजै सकिने भएको हो ।
बैठकमा विधान संशोधनका निम्ति छलफल जारी छ ।
आज बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने बताइएको छ ।