एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गत नोभेम्बरमा श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।
आइतबार बसेको बोर्ड बैठकले तत्काल लागु हुने गरी निलम्बन हटाएको हो ।
सन् २०२३ को विश्वकपमा भारतसँगको लज्जास्पद हारपछि श्रीलंकाका खेलकुद मन्त्री रोशन रानासिङ्घेले श्रीलंका क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए ।
श्रीलंका क्रिकेट बोर्ड प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो ।
Leave a Reply