सर्लाही । प्रहरीले सर्लाहीको हरिवनबाट मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका ११ हलुवाई टोल बस्ने २८ वर्षीय भरत विक रहेका छन् । उनलाई प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।
गएको पुस २८ गते पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने हरिवन ११ स्थित हरिवन बजारबाट पार्किङ गरी राखेको ना ५० प ७७८५ नम्बरको मोटरसाइकल चोरी भएको थियो।
मोटरसाइकल धनीले दिएको हुलिया र सीसीटीभी फुटेजको आधारमा खोजी गर्ने क्रममा मोटरसाइकलसहित दुई सातापछि विक पक्राउ परेका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
प्रहरीले विकलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान थालेको छ ।
Leave a Reply