Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अवैध क्रिप्टो करेन्सी प्रकरणमा पक्राउ परेकामध्ये चारजना कारागार चलान

    अवैध क्रिप्टो करेन्सी प्रकरणमा पक्राउ परेकामध्ये चारजना कारागार चलान

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 888
    SHARES

    काठमाडौँ । अवैध क्रिप्टो करेन्सी प्रकरणमा पक्राउ परेका पाँच जनामध्ये चारजना कारागार चलान भएका छन् ।

    काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले आइतबार चार जनालाई कारागार चलान गर्न आदेश दिएको हो ।



    कारागार चलान हुनेमा झनिन्द्र प्रसाद खतिवडा बाहेक रूपेश श्रेष्ठ, आशिष् अग्रवाल, मीन बहादुर जिसी र कुमार परियार रहेका छन् ।



    रुपेश श्रेष्ठ, आशिष अग्रवाल लगायतका पाँच व्यक्तिले कुल २ खर्ब ८६ अर्ब ४ करोड बराबरको कारोबार गरेको पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत् अदालतमा मुद्दा दायर गरेको थियो ।

    रुपेश श्रेष्ठ, आशिष अग्रवालसहितका ५ जना व्यक्तिहरुले करिब ३ खर्ब रुपैयाँको क्रिप्टोकरेन्सी, अनलाइन बेटिङ र हुण्डीको कारोबार गरेको पाइएपछि सीआइबीले उनीहरुमाथि अनुसन्धान गरेको थियो ।

    सीआइबीको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले माघ ७ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए ।

    प्रतिवादीहरुलाई कारोबार गरेको देखिएको रकम २ खर्ब ८४ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ बराबरीको बिगो भराउन माग दाबी गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार