काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयभित्र अध्यागमनका कर्मचारीसँग झडपमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइने भएको छ ।
आइतबार गुनासो लिएर गृहमन्त्रीलाई भेट्न पुगेका कर्मचारीहरूसँग उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले हातपातमा उत्रिएका प्रहरी कर्मचारीहरूलाई विमानस्थलबाट हटाइने आश्वासन दिएका हुन् ।
हातपातमा संलग्न रहेको आरोप लागेका असई सञ्जय तामाङ र एक प्रहरी जवानलाई विमानस्थलबाट हटाउने जनाइएको छ ।
संगठनका नेताहरुले कर्मचारीसँग कुटपिटमा उत्रिएका प्रहरीलाई तीन दिनभित्र कारबाही नगरे अध्यागमनसहित देशभर कामकाज ठप्प पार्ने चेतावनी गृहमन्त्रीलाई दिएका छन् ।
Leave a Reply