Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अब तीन तहका सरकारबीचमा देखिएका अस्पष्टता हट्ने प्रधानमन्त्री प्रचण्डको विश्वास

    अब तीन तहका सरकारबीचमा देखिएका अस्पष्टता हट्ने प्रधानमन्त्री प्रचण्डको विश्वास

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 573
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकारका विषयमा संघ, प्रदेश र स्थानीय सरकारबीच रहेका अस्पष्टता हटेर जाने विश्वास व्यक्त गरेका छन् ।

    सिंहदरबारमा आयोजित कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदा प्रतिवेदन माथिको उच्चस्तरीय छलफलमा उनले सो कुरा बताएका हुन् ।



    उनले एकल तथा साझा अधिकारबारे देखिएका अन्योलता तीनै तहबाट हट्ने बताए । उनले तीनै तहका संवैधानिक अधिकार र संवेदनशीलता विचार गरेर तहगत अधिकारलाई थप प्रस्ट पारिने बताए ।



    छलफलमा उपप्रधानमन्त्रीरू, राष्ट्रिय सभा एवं प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरू, सांसदहरू, विभिन्न पार्टीका नेताहरू, मुख्यसचिव एवं विभिन्न मन्त्रालयका सचिवहरू एवं विज्ञहरूको उपस्थिति रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार