Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • प्रधानमन्त्री कप : कर्णालीमाथि आर्मीको १६४ रनको फराकिलो जित

    प्रधानमन्त्री कप : कर्णालीमाथि आर्मीको १६४ रनको फराकिलो जित

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 672
    SHARES

    काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १६४ रनको फराकिलो अन्तरले हराएको छ।

    जितको लागि २८० रनको बलियो विजयी लक्ष्य पछ्याएको कर्णाली २९ ओभरमा ११५ रनमा अल आउट भयो । कर्णालीका हिमान्शु शाहीले २२ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक १९ रन बनाए ।



    कप्तान रविन्द्र शाही, निश्चल रावल र दीपेन्द्र रावत १२–१२ रनमा आउट भए । विपिन शाही १० बलमा २ चौका र १ छक्कासहित १४ तथा दीवान पुन १४ बलमा २ चौका र १ छक्कासहित १८ रनमा आउट भए ।



    आर्मीका सोमपाल कामीले ५ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ७ ओभरमा १ मेडनसहित २० रन खर्चेर ३ विकेट लिए । विवेक यादवले ६ ओभरमा २ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए ।

    साहब आलमको नाममा १ विकेट रह्यो ।त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा ५ विकेट गुमाउँदै २७९ रन बनाएको थियो।

    आर्मीको जितमा कप्तान विनोद भण्डारी १३२ बलमा ६ चौका र ३ छक्कासहित १०० रनको अविजित शतकीय इनिङ खेले । विनोद भण्डारीको यो प्रधानमन्त्री कप इतिहासमा तेस्रो शतक हो ।

    अलराउन्डर बसिर अहमद ९२ बलमा १२ चौका र १ छक्कासहित ९८ रनमा नट आउट रहेका थिए । यस जितले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने आर्मीको सम्भाबना बलियो बनेको छ।

    आर्मी ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । आर्मीले अब भोली सुदूरपश्चिम र बिहीबार गण्डकीसँग टियुमा खेल्नेछ । शीर्ष दुईमा रहेर फाइनल खेल्द दुबै खेलमा जित आवश्यक छ ।

    पुलिस ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ । बागमती ९ खेलमा ६ मा हार र ३ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । १० टोली सहभागी लिगको शीर्ष दुई टोली फाइनल खेल्न पाउनेछन् । शीर्ष चार टोली इलिट ट्रफी खेल्न पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार