Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • भ्रष्टाचार नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्नुपर्छ : माधव नेपाल

    भ्रष्टाचार नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्नुपर्छ : माधव नेपाल

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 489
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने बताएका छन् ।

    काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रिय परिषद् बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    अध्यक्ष नेपालले मुलुकमा विद्यमान व्यवस्था बिरुद्ध प्रतिगामी तत्वहरुले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको बताए ।



    अध्यक्ष नेपालले भने,‘सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने प्रयास गरिरहेको छ । तर यतिमात्रै पर्याप्त छैन । आर्थिक क्षेत्रको सुधार र भ्रष्टाचार नियन्त्रण तथा सुशासनका निम्ति अझै प्रभावकारी कार्य गर्नु आवश्यक छ।’

    त्यस्ता गतिविधिलाई निस्तेज पार्नका लागि सरकार र सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, संविधानको रक्षा र आवश्यकता अनुसार परिमार्जन गर्न सक्नुपर्ने अध्यक्ष नेपालको भनाई छ ।

    अध्यक्ष नेपालले गठबन्धन दलहरुले तयार पारेका न्युनतम नीति तथा कार्यक्रमलाई अझ गतिका साथ कार्यान्वयनमा लैजान पनि सरकारलाई सुझाव दिए ।

    उनले राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा सन्तुलित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउन पनि सरकारलाई सचेत गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार