काठमाडौं । नेकपा एकीकृत समाजवादीको दोस्रो राष्ट्रिय परिषद् बैठक सुरू भएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार दिउँसो बैठक सुरू भएको हो।
बैठक सोमबारसम्म चल्ने एकीकृत समाजवादीले जनाएको छ। बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी छन्।
परिषद् बैठक विधान मस्यौदामाथि छलफलमा केन्द्रित छ। एकीकृत समाजवादीले यसअघि सचिवालय, केन्द्रीय कमिटी बैठक राखेर विधान मस्यौदाबारे छलफल गरिसकेको छ।
पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा समिति बनाएको छ।
महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको समितिले तयार पारेको विधान मस्यौदामा सचिवालय सदस्यहरूले धारणा राख्नेछन्।