Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • बेलायतले रोक्यो संयुक्त राष्ट्रसंघको फण्डिङ

    बेलायतले रोक्यो संयुक्त राष्ट्रसंघको फण्डिङ

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 519
    SHARES

    एजेन्सी । बेलायतले मध्यपूर्वका प्यालेस्टिनी शरणार्थीका लागि काम गर्दै आएको संयुक्त राष्ट्र संघको राहत संस्थाको फण्डिङ रोक्ने घोषणा गरेको छ ।

    गत ७ अक्टुबरमा इजरायलमाथि हमास लडाकुहरुले गरेको आक्रमणमा यूएनआरडब्ल्यूएका कर्मचारी पजि संलग्न रहेको आरोप लागेपछि बेलायतले फण्डिङ रोक्ने घोषणा गरेको हो ।



    इजरायलले आफ्नो भूमिमा भएको आक्रमणमा यूएनआरडब्ल्यूएका कर्मचारीहरु पनि संलग्न भएको आरोप लगाएको थियो । बेलायतले इजरायलले लगाएको आरोपबाट स्तब्ध भएको जनाएको छ ।



    साथै उसले उक्त आरोप माथि अनुसन्धान गर्न निर्देशन समेत भनेको छ। अमेरिका, अष्ट्रेलिया, इटली र क्यानडाले संयुक्त राष्ट्रसंघको यूएनआरडब्ल्यूएलाई दिने फण्डिङ रोक्ने घोषणा यसअघि नै गरिसकेका थिए ।

    गत ७ अक्टुबरमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायली भूमिमा घुसेर आक्रमण गर्दा १० नेपालीसहित १ हजार ४ सय जनाको ज्यान गएको थियो ।

    लगत्तै इजरायलले हमासलाई निमिट्यान्न पार्ने घोषणा गर्दै गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । युद्ध घोषणा गर्दै इजरायलले सुरु गरेको सैन्य कारबाही अहिले पनि जारी छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार