Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी सुदूरपश्चिम समितिको निर्देशन - संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याऊ

कैलाली । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले प्रदेश संसदीय दललाई नेता खगराज भट्टलाई दलको नेताबाट हटाउनले निर्णय अविलम्ब सच्याउन निर्देशन दिएको छ ।

शनिबार बसेको प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव) को अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।

यही माघ १२ गते भटट्को अनुपस्थितिमा बसेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले उनलाई दलको नेताबाट हटाई उनको स्थानमा मानबहादुर धामीलाई दलको नेता बनाउने निर्णय गरेको थियो ।

संसदीय दलका नेता भट्टको जानकारीबिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति ध्यानाकर्षण भएको जनाउँदै सच्याउन निर्देशन दिने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ ।

साथै सो बैठकले प्रदेश संसदीय दलमा देखिएको विवाद समाधानका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालयलाई आग्रह पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077