Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिंहदरबारमा उच्चस्तरीय छलफल हुँदै, प्रधानमन्त्रीले बोलाए विज्ञदेखि दलका प्रतिनिधिसम्म

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थानीय तहले बुझाएको कार्यविस्तृतिकरण प्रतिवेदनको परिमार्जनका लागि उच्चस्तरीय छलफल बोलाएका छन् ।

छलफलका लागि उनले आइतवार दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलका प्रतिनिधिदेखि विज्ञसम्मलाई बोलाएका हुन् ।

उक्त छलफलमा मन्त्रीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, राष्ट्रियसभा र प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरू र विषय विज्ञहरू उपस्थित हुने छन् ।

यसअघि स्थानीय तहले कार्यविस्तृतीकरण परिमार्जनसम्बन्धी बनेको सुझाव प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077