Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको नाम परिवर्तन हुने निश्चित, एकीकरण अनिश्चित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले १–३ फागुनमा काठमाडौंमा विधान सम्मेलन गर्दै छ ।

विधान सम्मेलनअघि माओवादी केन्द्रबाट विभिन्न समयमा विभाजन भई गठन भएका दलहरूसँग पार्टी एकीकरण गर्ने योजना असफल भएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा २८ पुसमा बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टी एकीकरणका लागि एकता संयोजन समिति गठन गरेको थियो ।

माओवादीबाट विभाजन भई गठित डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), प्रभु साह नेतृत्वको आमजनता पार्टी (आजपा), नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपालगायतका दलसँग पार्टी एकीकरणका लागि प्रचण्ड नेतृत्वमा एकता संयोजन समिति गठन भएको थियो ।

तर, यी तीनमध्ये कुनै पनि दलसँग एकीकरण नहुने माओवादी केन्द्रका एक पदाधिकारीले जनाएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077