काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, बेँसीगाउँस्थित खाजाघरमा तास खेलिरहेका १७ जना पक्राउ परेका छन् ।
शुक्रबार दिउँसो प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
सोलुखुम्बुकी २९ वर्षीया अनु तामाङको सोलुखुम्बु खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १७ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई नगद ५८ हजार ९५० रुपैयाँ र नौ बुक ताससहित पक्राउ गरेको हो ।
थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply