Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछानेको दाबी - आगामी निर्वाचनमा रास्वपाले बहुमतको सरकार बनाउँछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमतको सरकार बनाउने बताएका छन् ।

भारतको नयाँ दिल्लीमा पार्टीको प्रवास समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

उनले अब आउने निर्वाचनमा रास्वपाले आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउने दाबी गरे ।

विदेशमा रहेका नेपालीहरूले भोट हाल्न पाउने व्यवस्था गर्न रास्वपा सुरूदेखि नै लागिपरेको उनले बताए ।

अहिलेको सरकारबाट त्यसमा विश्वस्त हुने अवस्था नरहेको पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077