Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेनाद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय

काठमाडौं । नेपाली सेनाले ६५ विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभा परिसरस्थित हेलिप्याडनजिक यही माघ ११ गते भेटिएका ती विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बेवारिसे अवस्थामा भेटिएका ती विस्फोटक पदार्थ विगतको द्वन्द्वकालमा प्रयोग भएको हुन सक्ने सेनाको अनुमान छ ।

संखुवासभा जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले सरसफाइका क्रममा भेटिएको ती विस्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा निष्क्रिय तुल्याएको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077