वीरगन्ज । पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई निकास दिन अगाडि सर्ने बेला आइसकेको बताएका छन् ।
शनिबार वीरगन्जमा आयोजित स्वागत र नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।
उनले बढ्दो बेथिति र अन्यौलताबाट देशलाई निकास दिन अगाडि सर्ने बेला आइसकेको बताए । उनले घुमाउरो पारामा अब देशमा पुनः राजतन्त्रको आवश्यकता भइसकेको उद्घोष गरे ।
राजतन्त्रको विदाईपछि गणतन्त्र स्थापना भएयताको पछिल्लो १५ वर्षको अवधिमा जनतामा असन्तोष, चिन्ता र आक्रोश छताछुल्ल भएको उनको भनाई छ ।
उनले देश बचाउन र बनाउनका लागि जनताका तर्फबाट निरन्तर आवाज हामीमाथि आइरहेको दाबी गरे ।
Leave a Reply