Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • काठमाडौ महानगरले भन्यो – कटन क्यान्डी प्रयोग तथा बिक्री नगर्नू, दुई लाखसम्म जरिवाना हुन्छ

    काठमाडौ महानगरले भन्यो – कटन क्यान्डी प्रयोग तथा बिक्री नगर्नू, दुई लाखसम्म जरिवाना हुन्छ

    अनलाइन नेपाल
  • शनिबार, १३ माघ २०८०
  • 807
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग तथा बिक्रीमा बन्देज गरेको छ ।

    शनिबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरले महानगरपालिका क्षेत्रभित्र कटन क्यान्डी बिक्रीमा रोक लगाएको हो ।



    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयल नमूना परीक्षण गराउँदा प्रयोगशालाको विश्लेषण प्रतिवेदनमा अखाद्य रङ पाइएको भन्दै महानगरले क्यान्डीको बिक्रीमा रोक लगाएको हो ।



    “अखाद्य वस्तुले आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकोले महानगरपालिका क्षेत्रभित्र यस्ता अखाद्य रङयुक्त वस्तु प्रयोग तथा बिक्रीवितरण नगर्न/नगराउन अनुरोध गर्दछौं । यदि काठमाडौं महानगरपालिका क्षेत्रभित्र अखाद्य वस्तु उत्पादन, बिक्रीवितरण गरेको पाइएमा पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म जरिबाना हुने समेत जानकारी गराइन्छ,” महानगरको सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार