काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपाललाई चौथो झड्का लागेको छ ।
नेपालका आकाश त्रिपाठी १६ रन जोडेर आउट भएका हुन् । उनी २३ औँ ओभरको दोस्रो बलमा नाशिर खानको बलमा अलि अहमदको हातबाट क्याच भए ।
यसअघि विपिन रावल १९ बलको सामना गर्दै केबल २ रनमा आउट भएका थिए। उनीभन्दा पहिले अलराउण्डर गुलशन झा केबल १ रनमै बोल्ड आउट भएका थिए।
त्यसअघि पाचौँ ओभरमा ओपनर अर्जुन कुमाल १० रनमा आउट भएका थिए। अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा ४ विकेट गुमाउँदै ८१ रन बनाएर खेलिरहेको छ ।
Leave a Reply