काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
नेपालका विपिन रावल १९ बलको सामना गर्दै दुई रनमा आउट भएका हुन् । यसअघि अलराउण्डर गुलशन झा एक रनमै बोल्ड आउट भएका थिए।
१२ बलमा १ रन बनाएका गुलशन खलिल अहमदको बलमा बोल्ड आउट भए। त्यसअघि पाचौँ ओभरमा ओपनर अर्जुन कुमाल १० रनमा आउट भएका थिए ।
अफगानिस्तानले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १२.१ ओभर खेल्दै ३ विकेटको क्षतिमा ४५ रन बनाएर खेलिरहेको छ ।
Leave a Reply