काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानले दिएको १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा दोस्रो विकेट गुमाएको छ ।
नेपालका भरपर्दा ब्याटर अर्जुन कुमाल तीव्र गतिका बलर फरिदुनले पाँचौं ओभरको दोस्रो बलमा १० रनमा बोल्ड आउट हुँदा गुल्सन झा १ रन बनाएर आउट भएका हुन् ।
अर्जुन १४ बलमा २ चौकासहित १० रनमा आउट भए । उनी एज लागेर बोल्ड हुन पुगेका थिए ।
जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ७ ओभरमा दुई विकेट गुमाउँदै १९ रन बनाएको छ ।
Leave a Reply