Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरविरुद्ध फुटपाथ व्यवसायीले गरे आन्दोलनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध फुटपाथ व्यवसायीहरुले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।

महानगरले सडकको फुटपाथमा व्यवसाय गर्न बन्देज लगाएको र उपयुक्त विकल्पसमेत नदिएको भन्दै उनीहरुले सडक प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।

संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै माघ १६ र २८ गते बृहत् सडक आन्दोलनसहित काठमाडौं महानगरपालिका घेराउ गर्ने घोषणा गरेको हो।

आन्दोलनका क्रममा उनीहरुले माघ १७ गते जिल्ला प्रशासन कार्यालय, १८ गते गृह मन्त्रालय, १९ गते प्रधानमन्त्री कार्यालय र प्रमुख दलका पार्टी कार्यालयहरुमा समेत ज्ञापन पत्र बुझाउने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077