काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आइपुगेकी छन्।
उपप्रमुख सुन माल्दिभ्स र बङ्गलादेशको भ्रमण गरेर तीन दिने भ्रमणका लागि नेपाल आइपुगेकी हुन् ।
हैयानलाई माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल र सचिव गणेश साहले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
हैयानले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेसँग भेट गर्ने कार्यक्रम रहेको छ।
Leave a Reply