Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • आईसीसी यू–१९ विश्वकप

    आकाशको बलिङले अफगानिस्तान संकटमा, एक्लैले लिए ५ विकेट

    आकाशको बलिङले अफगानिस्तान संकटमा, एक्लैले लिए ५ विकेट

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 609
    SHARES

    काठमाडौं । तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङमा नेपालले आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानसँग शानदार सुरुवात गरेको छ ।

    बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले १२ ओभरमा ६ विकेट गुमाउँदै ४७ रन बनाएको छ ।



    चन्दले ५ विकेट लिएपछि आईसिसी यू-१९ विश्वकपको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपालविरुद्ध खेलिरहेको अफगानिस्तान संकटमा परेको छ ।



    नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा क्याच आउट गरे । उनी टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए ।

    आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । दुबै ब्याटर शून्यमा आउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो ।

    त्यसपछि आकाश चन्दले थप दुई विकेट लिँदै अफगानिस्तानलाई संकटमा पुर्‍याएका छन् ।

    जाश्मिद जद्रानलाई ३ रनमा बोल्ड आउट गरे । त्यसपछि आकाश चन्दले सोहिल खानलाई ४ र अली अहमदलाई शून्यमा आउट गर्दै ४७-६ को दयनीय अवस्थामा पुर्‍याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार