काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको प्रारम्भमै नेपालले अफगानिस्तानको विकेट लिएको छ ।
पहिला ब्याटिङ गरिरहेको अफगानिस्तानले २ रन जोड्दा २ विकेट गुमाएको हो । विकेटकिपर नुमान शाह र खालिद तानिवालले खाता नखोली आउट भए।
नेपालका गुल्सन झा र आकाश चन्दले एक एक विकेट हात पारे।
गुल्सनले पहिलो ओभरको चौथो बलमा र आकाशले दोस्रो ओभरको तेस्रो बलमा विकेट लिएका हुन्।
दुवै टोलीलाई दोस्रो चरणमा स्थान बनाउन यो खेल जित्नैपर्ने दबाब छ।
Leave a Reply