Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता परिवर्तन

धनगढी। नेकपा माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका बहुमत प्रदेशसभा सदस्यले संसदीय दलको नेताबाट भट्टलाई फेर्ने निर्णय गरेका हुन्।

उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा शुक्रबार बसेको बहुमत प्रदेशसभा सदस्यहरुको बैठकले भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नेता चयन गर्ने निर्णय गरेको छ ।

दलको नेता परिवर्तन गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाइएको सुदूरपश्चिम माओवादी स्रोतले बतायो । धामीको अध्यक्षतामा बसेको बैठकमा ६ जना प्रदेशसभा सदस्यको उपस्थित थिए ।

दल नेता खगराज भट्ट, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र प्रदेशसभा सदस्य जानकी पौडेल कुँवर भने अनुपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077