काठमाडौँ । आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल आज अफगानिस्तानविरुद्ध खेल्दै छ ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि खेल सुरु हुनेछ ।
यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नै पर्नै दबाब छ ।
यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले नेपाल पराजित भएको थियो ।
यता, सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाबमा छ ।
Leave a Reply