Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी विधान अधिवेशनको अनुमानित खर्च २२ लाख

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा करिब २२ लाख खर्च हुने अनुमान गरेको छ।

माओवादीले फागुन १ गतेदेखि ३० सम्म प्रज्ञा भवन कमलादीमा प्रथम विधान अधिवेशनका लागि तीन दिनको हल बुकिङ गरेको हो ।

धरौटी एक लाखसहित ५ लाख ४० हजार भाडा रहेको छ। अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुनेछन् ।

उनीहरूलाई खाजापानी पार्टीले नै व्यवस्था गर्ने भएकाले करिब ६ लाख ५० हजार खर्च हुने उनको अनुमान छ।

यस्तै स्टेसनरी खर्च लगायत भैपरी आउने खर्च गरी २२ लाख खर्च हुनसक्ने बताईएको छ । प्रत्येक प्रतिनिधिबाट एकहजार रुपयाँ उठाउने निर्णय गरिसकेको छ ।

प्रतिनिधिबाट १३ लाख उठ्ने छ । बाँकी लेबिबाट उठाउने र अपुग पार्टी कोषबाट व्यहोर्ने छ ।

यसअघि साउनको(१७–२१)सम्म बसेको केन्द्रीय समिति बैठकमा २१ लाख १५ हजार ५०० खर्च भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077