एजेन्सी । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्याको राम मन्दिरमा एकैदिन ३ करोड बढी रुपैयाँ संकलन भएको छ।
मन्दिरको प्राण प्रतिष्ठा गरेको भोलिपल्ट मंगलबार ३ करोड १७ लाख रुपैयाँ भेटी संकलन भएको हो। उक्त दिन २ लाख ५ हजार बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए।
रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले मन्दिरको प्राण प्रतिष्ठापछि खोलिएका १० काउन्टरबाट एकै दिनमा अनलाइनमार्फत ३ करोड १७ लाख रुपैयाँ दान प्राप्त भएको जनाएको छ ।
बुधबार राती १० बजेसम्म २ लाख ५ हजार बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए। प्राण प्रतिष्ठा गरेको दिन सोमबार ५ लाख बढी भक्तजनले मन्दिरको दर्शन गरेका छन् ।
Leave a Reply