Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • क्यानडा पठाइदिन्छु भन्दै ठगेको आरोपमा दुई विदेशीसहित ६ जना पक्राउ

    क्यानडा पठाइदिन्छु भन्दै ठगेको आरोपमा दुई विदेशीसहित ६ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 708
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई विदेशी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार दुई विदेशी र ४ नेपाली नागरिकलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१३ पाटनबेसी बस्ने ६५ वर्षीया पार्वती सुनार, पोखरा महानगरपालिका-९ महेन्द्रपुल बस्ने ३७ वर्षीया रीता सुनार, स्याङ्जाको फेदिखोला गाउँपालिका-३ बस्ने ३२ वर्षीया सीमा सुनार र काठमाडौंको कलंकी बस्ने ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन् ।



    यसैगरी क्यानडाको अलवर्टा राज्यको क्यागोरी सिटी स्थायी ठेगाना भएका ४५ वर्षीय राकेश जैसवाल र भारत मध्यप्रदेशको भोपाल नगर ठेगाना भएका ३२ वर्षीय इस्मित कौर रहेका छन् ।

    उनीहरुले सीधै क्यानडाको भिषा निकालि दिने र राम्रो काममा लगाइदिन्छ भन्दै प्रलोभन देखाएका थिए । अन्तर्वार्तामा पास भएपछि ३० लाख रुपैयाँ दिनुपर्ने भन्ने गरेको आरोप उनीहरुमाथि रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    उनीहरुलाई अन्तर्वार्ता लिइरहेको अवस्थामा नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार