Online Nepal
  • शनिबार, २० पुष २०८१
  • विश्वकपमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित

    विश्वकपमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 765
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ।  बुधबार दक्षिण अफ्रिकाको इस्ट लन्डनमा नेपाललाई पाकिस्तानले ५ विकेटले पराजित गरेको हो।

    लगातार दोस्रो जितसँगै समूह डी बाट पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगेका छन् । शुक्रबार नेपाल र अफगानिस्तानबीच हुने खेलको विजेता टोली तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुग्नेछ ।



    जितको लागि १९८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा आजन आविस ८२ बलमा ६ चौकासहित ६३ रनमा नट आउट रहे । दीपक डुम्रेलाई चौका हान्दै खेल सकाएका थिए ।



    पाकिस्तानलाई ओपनर शम्याल हुसेन र शाहजैब खानले २१.२ ओभरमा ८० रनको साझेदारी गर्दैै संयमित सुरुवात दिलाएका थिए । तर तीव्र गतिका बलर आकाश चन्दले २२ औं ओभरमा दुबै ओपनरलाई आउट गरेपछि नेपाल खेलमा फर्किन सक्ने झिनो सम्भावना देखाएको थियो ।

    हुसेन ५९ बलमा ४ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । खान ७० बलमा ३ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । आकाशले दुबै सट बलमा दुबै ओपनरलाई आउट गरेका थिए ।

    आकाशले अरफत मिन्हासलाई ८ रनमा सट बलमा दीपक डुम्रेबाट क्याच आउट गराउँदै केहि दबाबमा राख्न खोजेका थिए । कप्तान साद बेग आकाश त्रिपाठीको बलमा दीपक बोहराबाट क्याच आउट भएका थिए ।

    एक समय पाकिस्तान ८०–० बाट १०४–४ को अवस्थामा पुगेको थियो । नेपालका आकाश चन्दले ९ ओभरमा ३४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । आकाश त्रिपाठी र दीपेश कँडेलले १/१ विकेट लिए । गुलशन झाले १० ओभरमा २९ रन खर्चिदा विकेट भने लिन सकेनन् ।

    त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ५० ओभरमा १९७ रनमा अल आउट भएको थियो । नेपालका विपिनले ६८ बलमा ४ र्चौका र १ छक्कासहित सर्वाधिक ३९ रन जोडे ।

    नेपालले शीर्षक्रमका दुई ब्याटर अर्जुन कुमाल र आकाश त्रिपाठीलाई ६–६ रनमै गुमाएको थियो । कप्तान देव खनाल ३७ बलमा ३ चौकासहित २३ रन बनाउन सके ।

    उत्तम थापा मगर ४, दीपेश कँडेल १७ बलमा २ चौकासहित १३ र दीपक डुम्रे १ छक्कासहित २६ रनमा आउट भएका थिए । तल्लोक्रममा आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे ।

    सुवास भण्डारीले २४ बलमा २० रन बनाए । नेपालले २६ रन एक्स्ट्रा पाएको थियो । गुलशन झाले ४७ बलमा १८ रन बनाए । देव, गुलशन र अर्जुन प्रमुख ब्याटर चल्न नसकेपछि बलियो योगफलमा पुग्न सकेको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार