Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • आकाशले दिलाए नेपाललाई तेस्रो सफलता

    आकाशले दिलाए नेपाललाई तेस्रो सफलता

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 831
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ विश्वकपमा नेपालका तीव्र गतिका बलर आकाश चन्दले तीन विकेट लिएका छन् ।

    आकाश चन्दको २२ औं ओभरको दोस्रो बलमा ओपनर शम्याल हुसेन उत्तमथापा मगरबाट ३७ रनमा क्याच आउट भए ।



    बाउन्सर बलमा उनी टप एज लागेर क्याच आउट भएका थिए । उनले ५९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।



    चौथो बलमा शाहजैब खान ३७ रनमा आउट भए । सट बलमा आकाश त्रिपाठीबाट क्याच आउट भएका हुन् ।

    उनले ७० बलमा ३ चौका र १ छक्का प्रहार गरे । एकै ओभरमा दुई विकेट लिएपछि नेपाल खेलमा फर्किन सक्ने संकेत देखाएको छ ।

    त्यसअघि बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार