Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नेपाली ब्याटरले एकै बलमा दौडिएर पाँच रन बनाएपछि…

    नेपाली ब्याटरले एकै बलमा दौडिएर पाँच रन बनाएपछि…

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 2.4K
    SHARES

    काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा सुवास भण्डारी र आकाश चन्दले पाकिस्तानविरुद्ध दौडिएर नै एकै बलमा पाँच रन बनाएका छन्।

    तीव्र गतिका बलर मोहम्मद जिशानको ४९ औं ओभरको पाँचौं बलमा उक्त पाँच रन जोड्न सफल भएका हुन् ।



    जिशानलाई सुवास भण्डारीले उक्त बल प्रहार गरेका थिए । दुई रन सजिलै जोडेका थिए ।



    तर पाकिस्तानका फिल्डरले फालेको थ्रो बल समाउन नसकेपछि सुवास र आकाशले त्यसको भरपूर्ण फाइदा उठाउँदै पाँच रन दौडिएर पूरा गरेका थिए।

    त्यसैको कारण नेपालले एकै बलमा पाँच रन जोड्न सफल भएको थियो । नेपालले पाकिस्तानलाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ ।

    टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा १९७ रनमा अल आउट भयो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार