Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • पाकिस्तानविरूद्ध नेपाललाई तेस्रो झड्का, कप्तान खनाल क्याच आउट

    पाकिस्तानविरूद्ध नेपाललाई तेस्रो झड्का, कप्तान खनाल क्याच आउट

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 711
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ विश्वकप प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध नेपालको तेस्रो विकेट गुमाएको  छ।

    पहिलो पावर प्लेमा दुई विकेट गुमाएको नेपालको १७ दशमलव १ ओभरमा तेस्रो विकेट पतन भएको हो।



    तेस्रो विकेटका रुपमा कप्तान देव खनाल क्याच आउट भएका छन्। उनले २३ रन बनाए।



    यसअघि अर्जुन कुमाल र आकाश त्रिपाठी आउट भएका थिए। कप्तान खनाल अर्फत मिनाहसको बलमा अहमद हसनबाट क्याचआउट भए।

    अहिले क्रिजमा विपिन रावल र उत्तम थापामागर रहेका छन्। यतिबेला नेपालले १८ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ८० रन बनाएर खेलिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार