Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • यू-१९ विश्वकप क्रिकेट : नेपालको प्लेइङ ११ मा तीन परिवर्तन

    यू-१९ विश्वकप क्रिकेट : नेपालको प्लेइङ ११ मा तीन परिवर्तन

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 591
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ विश्वकपमा नेपालले पाकिस्तानसँगको खेलका लागि प्लेइङ ११ मा तीन परिवर्तन गरेको छ ।

    पछिल्लो खेलमा न्युजिल्यान्डबाट नेपालले तीन परिवर्तन गरेको हो । स्पिनर तिलकराज भण्डारीलाई नेपालले बेञ्चमा राखेको छ ।



    तिलकलाई बेञ्चमा राख्दा दुर्गेश गुप्ताले मौका पाएका छन् । त्यस्तै आजको खेलमा दुवै दिपक बोहरा टोलीमा छैनन् ।



    नेपालले दुई दीपक बोहराको स्थानमा विपिन रावल र दीपक डुम्रेलाई मौका दिएको छ । विपिन बायाँ हाते ओपनर खेलाडी हुन् ।

    डुम्रेले मध्यक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । विपिनलाई खेलाउन दायाँबायाँ हाते सन्तुलन पनि हुनसक्छ ।

    यो सँगै नेपालको तीव्र गतिका बलरमा गुलशन झा, दुर्गेश गुप्ता र आकाश चन्द छन् । नेपालले ब्याटिङलाई बलियो बनाउन दुई युवा ब्याटरलाई खेलाएको हो ।

    नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

    न्युजिल्यान्डले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्सका पुगेको छ । पाकिस्तान आजको खेलमा विजयी भएका सुपर सिक्समा पुग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार