Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मौन अवधिको उलङ्घन गर्दै कांग्रेस नेता कोइराला निवासमा चियापान कार्यक्रम

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मौन अवधिमा चियापान कार्यक्रम आयोजना गरेका छन् ।

निर्वाचन आचारसंहिता उलङ्घन गर्दै नेता कोइरालाले निवास विराटनगरमा चियापान कार्यक्रम गरेका हुन्।

नेता कोइरालाले राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधि बोलाएर चियापान गरे ।

शून्य समयको बेला कोइरालाले उम्मेदवार र मतदाता सहभागी गराएर कुनै पनि भेला, भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारसंहिता छ ।

त्यसलाई उल्लङ्घन गर्दै कोइरालाले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईँलगायत सहभागी छन्।

चियापानमा कांग्रेसका कोशी प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077