Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • बम्जनविरुद्ध जाहेरी दिने किशोरीका बाबुको दुर्घटनामा मृत्यु

    बम्जनविरुद्ध जाहेरी दिने किशोरीका बाबुको दुर्घटनामा मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 3.6K
    SHARES

    सिन्धुली । रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषणको जाहेरी दिने किशोरीका बाबुको दुर्घटनामा मृत्यु भएको छ।

    जाहेरी दिने किशोरीका बाबुको मदनभण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–९ कोरुङ खोलामा मृत्यु भएको हो।



    डकाहाबाट भिमानतिर जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले बा ५८ प ९१४१ र ना ११ प ५७५० नम्बरका दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो। जसमा बा ५८ प ९१४१ मा सवार किशोरीका बाबुको मृत्यु भएको प्रहरीले जनाएको छ।



    अर्को मोटरसाइकलमा सवार व्यक्ति भने उपचारपछि डिस्चार्ज भइसकेका छन्। मृतक बम्जनविरुद्ध उजुरी दिने किशोरीका बाबु रहेको खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    घटनाको अनुसन्धान भइरहेको छ। ट्रयाक्टर चालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सिन्धुली प्रहरीले जनाएको छ ।

    व्यक्ति वेपत्ता, तथा बाल यौन शोषणको जाहेरी परेपछि फरार रहेका बम्जनलाई गत पुस २५ गते मात्रै केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको थियो।

    जिल्ला अदालत सर्लाहीको आदेशपछि उनी अहिले जलेश्वर कारागारमा थुनामा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार