Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु, अर्का घाइते

धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ छ ।

मृत्यु हुनेमा जिल्लाको घोडाघोडी नगरपालिका-१० को तुलसीपुर सामुदायिक वनमा सोही ठाउँको पहलमानपुर बस्ने ४० वर्षीय धनबहादुर शाहको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको थियो तर चेकजाँचका क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यस्तै करेन्ट लागेर मोहन्याल गाउँपालिका-३ बस्ने ३६ वर्षीय दुर्गा खत्री घाइते भएका छन् । खत्रीलाई थपउपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ । घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077