Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • नोटबाट सर्छ संक्रामक रोग, ९८ प्रतिशत नमुनामा कीटाणु

    नोटबाट सर्छ संक्रामक रोग, ९८ प्रतिशत नमुनामा कीटाणु

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 504
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । हामीले दैनिक प्रयोग गर्ने नोटबाट सङ्क्रामक रोग फैलिने भएकाले नागरिकको स्वास्थ्य अधिकार संरक्षणमा राज्यले गम्भीर कदम चाल्नुपर्ने आवश्यकता देखिए पनि त्यस्तो भएको पाइएको छैन ।

    नोट वा सिक्का प्रयोग गर्दा व्यक्तिले पनि सावधानीसँगै विकल्प खोज्नुपर्ने देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार स्वदेश र विदेशमा गरिएका अनुसन्धानका आधारमा मुद्रा (नोट र सिक्का) मा विभिन्न कीटाणु तथा परजीवी हुने पुष्टि भएको हो ।



    नोटमा हुने कीटाणु र परजीवीले छालामा हुने सालमोनेला (टाइफाइड), झाडा(पखाला, मूत्रनलीको सङ्क्रमण, फ्लु भाइरस (रुघाखोकी) सार्ने गरेको पाइएको परिषद्ले जनाएको छ ।



    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा गरिएको एक अनुसन्धानले मुद्राका ९८ प्रतिशत नमुनामा कीटाणु भएको देखाएको थियो ।

    अस्पताल तथा मासु पसलमा प्रयोग गरिएका मुद्रामा अझ धेरै प्रकारका कीटाणुका र औषधि प्रतिरोधी जीवाणु फेला परेको परिषद्को अध्ययनले देखाएको छ । नागरिक दैनिकबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार